दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने भएको छ । यही चैत २५, २६ र २७ गते तिन दिनसम्म उक्त महोत्सव मनाइने छ ।
जिल्लाको बोदेबसाइन र खडक नगरपालिकाको सीमामा रहेको जोगीया जाँजरमा बोदेबसाइन नगरपालिका २ र खडक नगरपालिका ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजापाठ, भजन, किर्तन, दिप प्रज्वलन लगायत धार्मिक कार्यक्रम समेत आयोजना हुने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले जानकारी दिएका छन् ।
उनका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएकोमा यस पटक जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईने तयारी भएको उनको भनाई छ । दिनाभद्रीलाई मुसहर (सदा) जातीको कुलदेउताको रुपमा पुजिने गरिएको छ ।
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
सारांश
- जिल्लाको बोदेबसाइन र खडक नगरपालिकाको सीमामा रहेको जोगीया जाँजरमा बोदेबसाइन नगरपालिका २ र खडक नगरपालिका ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
- दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजापाठ, भजन, किर्तन, दिप प्रज्वलन लगायत धार्मिक कार्यक्रम समेत आयोजना हुने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले जानकारी दिएका छन् ।
- उनका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएकोमा यस पटक जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया