भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

राजविराज राजविराज
|
सोमबार, बैशाख २, २०७६
|
|
७५ पटक हेरिएको
Shares
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

सारांश

  •     उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिवन्ध लगाइएको जनाएको छ ।
  •       आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।
  •     उनीहरुलाई लगाइएको प्रतिबन्ध मङ्गलबार बिहानदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।

नयाँ दिल्ली, २ वैशाख (रासस÷सिन्ह्वा÷एएफपी) ।
    आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । 
    भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो ।
    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिवन्ध लगाइएको जनाएको छ । 
    आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।
    उनीहरुलाई लगाइएको प्रतिबन्ध मङ्गलबार बिहानदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।
    उहाँहरुको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्वोच्च अदालतले उनीहरुका बारेमा जाँचबुझ गर्न आदेश दिएपछि निर्वाचन आयोगले उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीस्वरुप प्रतिबन्ध लगाएको हो । 
    दलित समुदायकी मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) हिन्दूवादी भएकाले मोदी र भाजपाको पक्षमा मतदान नगर्न मुस्लिमहरुलाई आह्वान गर्नुभएको थियो । 
    मायावतीको अभिव्यक्तिको प्रतिवाद गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पनि भारतमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेको भन्दै धार्मिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति दिएको निर्वाचन आयोगले जनाएको छ । 
    भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
अग्नीपिडितलाई राहत प्रदान
अग्नीपिडितलाई राहत प्रदान
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
वडा कार्यालयमा तालाबन्दीका सेवाग्राहीलाई सास्ती
वडा कार्यालयमा तालाबन्दीका सेवाग्राहीलाई सास्ती
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो