दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ ।
आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् ।
उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।
यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए ।
त्यस्तै, उनले जिल्ला प्रहरी कार्यालय तथा अन्य आम नागरिकलाई दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि पालिकाको स्रोत साधनबाट मदत गर्दै आएको बताए ।
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
सारांश
- आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् ।
- उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।
- यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया