दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
मधेस प्रदेशबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार रहेको छ ।
आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् ।
यसैबीच जनमत पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले अब बन्ने नयाँ सरकारको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरेका छन् । उनले भने “जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ, र यसमा गठबन्धन दलहरुले सहयोग गर्नुपर्छ ।”
यता माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मुख्यमन्त्री को हुने भन्नेमा अहिले सहमति भने भइनसकेको बताए । उनले मधेशमा सरकार बनाउन यी चार दलबीच अनौपचारिक सहमति भइसकेको जानकारी समेत दिए ।
प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९ र लोसपाका ८ जना सांसद छन् । मधेश प्रदेशमा १ सय ७ सांसद रहेकोमा सरकार गठनका लागि आवश्यक बहुमत संख्या ५४ रहेको छ ।
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
सारांश
- आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् ।
- यसैबीच जनमत पार्टीको संसदीय दलका नेता महेश प्रसाद यादवले अब बन्ने नयाँ सरकारको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरेका छन् ।
- उनले भने “जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ, र यसमा गठबन्धन दलहरुले सहयोग गर्नुपर्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया