दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सर्वाधिक पुरस्कार राशी रहेको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता तिरहुत टाइगर्स बनेको छ ।
राजविराजस्थित पब्लिक विन्देश्वरी विद्यालय खेल मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै बिजेता बनेको हो । बिजेतासँगै तिरहुट टाइगर्सले ३ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
तिरहुत टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो । छिन्नमस्ताको लागि बिशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तिरहुतको बलिङमा दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए । कप्तान अनिल यादवले ३ विकेट लिए वापत प्लेयर अफ द म्याच घोषित भए । बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको तिरहुत टाइगर्सले १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । तिरहुतको लागि भोला कुमार साहले सर्वाधिक २९ रन योगदान दिए । बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरए दोहोरो अंकमा रन बनाउन सकेनन् । छिन्नमस्ताको बलिङमा बिशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिरहुत टाइगर्सका बसिर अहमद घोषित भए । उनले ६ खेलमा १ सय ९८ रन बनाउनुको साथै १० विकेट लिएका थिए । यस्तै उत्कृस्ट बलर छिन्नमस्ता लायन्सका बिशाल पटेल घोषित भए । उनले ७ खेलमा १५ विकेट लिए । उत्कृस्ट ब्याटर कन्चनरुप राइनोजका शुभ कंसकार घोषित भए । उनले ७ खेलमा २ सय ९७ रन बनाएका थिए । यस्तै उदयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए । उनले ७ खेलमा १२ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुत टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए । प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी, तिरुहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।
सप्तरी क्रिकेट संघको आयोजनामा एघार दिन चलेको प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका टिमहरुले सहभागीता जनाएका थिए ।
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता
सारांश
- राजविराजस्थित पब्लिक विन्देश्वरी विद्यालय खेल मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै बिजेता बनेको हो ।
- बिजेतासँगै तिरहुट टाइगर्सले ३ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
- तिरहुत टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया