लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 

राजविराज राजविराज
|
बिहिबार, जेठ ३१, २०८१
|
|
७६ पटक हेरिएको
Shares
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिकाको सहयोगमा फेडरल इन्स्टिच्युट अफ पोलिसी स्टडिजको समन्वयमा पालिकाको पाँच मावि तथा उच्चमाविमा सो तालिमको आयोजना गरिएको हो ।
  •       नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीले श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहामा तालिमको उद्घाटन गर्दै विद्यालयका बालबालिकाहरुलाई लागुऔषध जस्तो कूलतमा नलाग्न जनचेतना दिने उद्देश्यले विद्यालय स्तरमा तालिमको व्यवस्ता गरिएको बताईन् ।
  • उनले समाजमा लागुऔषध सेवन गर्नेको अवस्था भयावह हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दे बालबालिकालाई यसप्रति सचेत हुन नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ । 

    सामुदायिक विद्यालयहरुमा लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतना दिने उद्देश्यले बुधबारदेखी पाँच दिने तालिम शुरु भएको छ । 
    सप्तरीको शम्भुनाथ नगरपालिकाको सहयोगमा फेडरल इन्स्टिच्युट अफ पोलिसी स्टडिजको समन्वयमा पालिकाको पाँच मावि तथा उच्चमाविमा सो तालिमको आयोजना गरिएको हो । 
    नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीले श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहामा तालिमको उद्घाटन गर्दै विद्यालयका बालबालिकाहरुलाई लागुऔषध जस्तो कूलतमा नलाग्न जनचेतना दिने उद्देश्यले विद्यालय स्तरमा तालिमको व्यवस्ता गरिएको बताईन् । उनले समाजमा लागुऔषध सेवन गर्नेको अवस्था भयावह हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दे बालबालिकालाई यसप्रति सचेत हुन नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
    तालिमको पहिलो दिन वडा नं. १ स्थित मावि खोक्सर प्रवाहका एक सय जना विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको छ । 
    कार्यक्रम संयोजक निरज मंडलको अध्यक्षतामा आयोजित तालिम उद्घाटन सत्रमा वडा अध्यक्ष जिवछ साह, प्रधानाध्यापक रिता चौधरी, नगरपालिकाका योजना प्रमुख देवनारायण साह, व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादव, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?