जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २८, २०८१
|
|
४९ पटक हेरिएको
Shares
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य

सारांश

  •     सोही महाधिवेशनले केन्द्रिय समिति बिस्तारका लागि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मतले जिम्मा दिएको थियो ।
  • सोही बमोजिम उक्त समिति बिस्तार भएको जनाइएको छ ।
  • समितिमा ९ जना केन्द्रिय कार्यकारिणी समिति सदस्यमा र बाँकी केन्द्रिय समिति सदस्यमा चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सय १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरधाममा सम्पन्न जसपा नेपालको महाधिवेशनले पार्टीको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतले चयन गरेको थियो । 
    सोही महाधिवेशनले केन्द्रिय समिति बिस्तारका लागि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मतले जिम्मा दिएको थियो । सोही बमोजिम उक्त समिति बिस्तार भएको जनाइएको छ । समितिमा ९ जना केन्द्रिय कार्यकारिणी समिति सदस्यमा र बाँकी केन्द्रिय समिति सदस्यमा चयन भएका छन् । 
    चयन भएका सदस्यहरुमा ७ महिलासहित २३ जना सप्तरीका छन् । जसमध्ये केन्द्रिय कार्यकारिणी सदस्यमा दुई र २१ जना केन्द्रिय सदस्यमा चयन भएको सो पार्टीद्वारा बिहीबार जारि विज्ञप्तिमा उल्लेख छ । 
    चयन भएको समितिमा सप्तरीको एकै परिवारका तीन जना परेका छन् । राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव कार्यकारिणी सदस्य तथा उनकी छोरी डा. बबी सिंह यादव र उनका भाई मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव केन्द्रीय सदस्यमा चयन भएका छन् ।
    यस्तै मनिषकुमार सुमन कार्यकारिणी सदस्य तथा अशोक कुमार यादव, अमरनाथ मण्डल, उपमा कुमारी देव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, मधेश प्रदेशसभा सदस्य किरणकुमारी साह, गितादेवी यादव, पुनमकुमारी यादव, विदेश्वर प्रसाद यादव (बिक्की), विकास तिवारी, भरतप्रसाद महतो, राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, मुरली सिंह, रसना यादव, रमिला देवी साह, सुरेन्द्र साह, रमेश कुमार यादव, शम्भु झा, शैलेन्द्र मोहन झा र शैलेन्द्र प्रसाद साहलाई केन्द्रिय सदस्यमा चयन गरिएको छ । यता केन्द्रीय समिति बिस्तार भएपनि पदाधिकारीको नाम अझैं टुंगो लाग्न सकेको छैन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन् 
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
न्यायाधिश, कर्मचारी र प्रहरी समेतमा कोरोना संक्रमण
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
तीन दिनदेखी मरेको चौपाया उठाउन नगरपालिकाले देखाएन चासो, एक सातादेखी फोहर नउठाउदा नगर दुर्घन्धित
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु