पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह

राजविराज राजविराज
|
मंगलबार, श्रावण २९, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको  माध्यमबाट समस्या समाधानका लागि आग्रह

सारांश

  •     नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो ।
  •       जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको नेतृत्वमा दुवै पक्षलाई वार्तामा बस्न र हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती हुने गरी समस्याको समाधान खोज्न आग्रह गर्दछौं ।
  • ”     विज्ञप्तिमा “कानूनले पनि सामाजिक न्यायलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको हाम्रो देश र समाजको परिवेशमा सामाजिक न्याय मै जानु उत्तम रहने भएको महसुश गरी वार्ता र सम्वादको माध्यमले हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती गराउन सरोकारवाला सबै पक्षमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।  
   
    सप्तरीका पत्रकारहरुमाथी राजगढ गाउँपालिकामा भएको दुव्र्यवहार घटनाप्रति जिल्लाका चार पत्रकार संघ संगठनहरुले वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेको छ । 
    नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो । 
    जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको नेतृत्वमा दुवै पक्षलाई वार्तामा बस्न र हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती हुने गरी समस्याको समाधान खोज्न आग्रह गर्दछौं ।”
    विज्ञप्तिमा “कानूनले पनि सामाजिक न्यायलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको हाम्रो देश र समाजको परिवेशमा सामाजिक न्याय मै जानु उत्तम रहने भएको महसुश गरी वार्ता र सम्वादको माध्यमले हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती गराउन सरोकारवाला सबै पक्षमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।” उल्लेख छ । 
    गत साउन २२ गते राजगढ गाउँपालिका सप्तरीमा समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन कुमार गुप्ता र सदस्य विद्यानन्द राम संग त्यस गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मंडल सहित ६ जनाले गरेको दुव्र्यहारप्रति विज्ञप्तिमार्फत पुनः खेद व्यक्त समेत गरिएको छ ।
    यसअघि गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकार साथीहरुसंग अप्रत्यासित रुपमा भएको घट्नाप्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह सहितको प्रेस विज्ञप्ति जारी गरेको साथै जिल्ला समन्वय समिति सप्तरीले पनि राजगढ गाउँपालिकामा पत्रकारहरुसंग भएको दुःखद घट्ना प्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट निकास खोज्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
नगद ७ लाखसहित टहरा जलेर नष्ट
नगद ७ लाखसहित टहरा जलेर नष्ट
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष 
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित 
विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु नगदसहित सम्मानित