दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तकोशी नदीमा बिहीबार साँझ ६ बजेतिर एक यात्रुबाहक बस खसेको छ ।
बिराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको नरसिंह डिलक्स नाम गरेको को.१ख. ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नं. ३४–३६ को नजिकैबाट नदीमा खसेको हो ।
बसमा १७ जना यात्रु सवार रहेको जनाइएको छ । सबै यात्रुलाई स्थानीयले सकुशल उद्दार गरेका छन् ।
नदीमा पानीको वहाव कम रहेको तथा ब्यारेजमा साँझपख स्थानीयहरुको वाक्लो उपस्थिती रहेको कारणले सबै यात्रुको सकुशल उद्दार भएको जनाइएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख गुजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
यता स्थानीयका अनुसार बिहानैदेखी भइरहेको वर्षाका कारण अनियन्त्रित भइ बस नदीमा खस्न गएको हुन सक्ने जनाएका छन् ।
कोशीमा बस खसे लगत्तै सबैको सकुशल उद्दार
सारांश
- बिराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको नरसिंह डिलक्स नाम गरेको को.
- १ख.
- ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया