फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव

राजविराज राजविराज
|
मंगलबार, आश्विन १५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव

सारांश

  •     मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.
  • व.
  • २०८१÷८२–२०८५÷८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै उनले उक्त प्रस्तावसँगै मधेश प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्ला अन्तर्गत फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगरसम्म २५ किलोमिटर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने प्रदेश सरकार समक्ष प्रस्तावसहित ध्यानाकर्षण गराएका छन् ।  
    मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.व. २०८१÷८२–२०८५÷८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै उनले उक्त प्रस्तावसँगै मधेश प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएका हुन् । 
    प्रदेश सरकारको पञ्च वर्षिय मस्यौदा उपर छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखीले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगर सम्मको २५ किलोमिटर क्षेत्र कोशी टप्पु बन्यजन्तु आरक्षणको सिमावर्ती क्षेत्रमा प्रदेश सरकारले लगानी गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिए । 
    उनले ती क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै स्थानिय आयश्रोतमा बृद्धि समेत हुने उल्लेख गरे । मन्त्री लेखीले ती क्षेत्रमा रोजगारीको वातावरण सृजना हुनुका साथै थोरै भएपनि बेरोजगारी समस्या न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको ध्यानकर्षण गराए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट 
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
जिल्लामा पहिलो पटक विउ विजन विक्रि वितरण फलदायी र व्यवस्थित वनाउन परिक्षा
जिल्लामा पहिलो पटक विउ विजन विक्रि वितरण फलदायी र व्यवस्थित वनाउन परिक्षा
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना