प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण

राजविराज राजविराज
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण

सारांश

  •     लागु औषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
  •       मंगलबार राजविराजस्थित ह्यापील्याण्ड बोर्डिङ स्कुलमा कक्षा संचालन गरि विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
  •       सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषध बिरुद्ध प्रशिक्षण दिएको छ । 
    लागु औषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । 
    मंगलबार राजविराजस्थित ह्यापील्याण्ड बोर्डिङ स्कुलमा कक्षा संचालन गरि विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । 
    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुलाई सहभागि गराई गरिएको प्रशिक्षण कार्यक्रममा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लागु औषधको परिचय, प्रकार, लक्षण, यसबाट बच्ने उापय र लागु औषधी सम्बन्धी कानुनी व्यवस्था बारे प्रशिक्षण दिएका थिए । 
    सो अवसरमा उनले पछिल्लो समय यूवाहरुमा बढ्दो लागु औषध सेवनले आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरुलाई सचेत गराउने र यस्ता कुलतबाट जोगाउन विद्यालयहरुमा प्रशिक्षण कार्यक्रम थालिएको बताए । 
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रताीले विद्यार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजादा घरपरिवार र समाजमा सन्देश लैजान सहज हुने भन्दै सहभागि विद्यार्थीहरुलाई लागु औषध प्रयोग नगर्न र यसबाट हुने हानी नोक्सानी बारे अरुलाई पनि सम्झाउन अनुरोध गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?