डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा

सारांश

  •     निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् ।
  •       ‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने, ‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।
  • ’     उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरीले शुक्रबार नगर इन्चार्ज पदबाट राजिनामा दिएका छन् । 
    निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त शुसासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजिनामा दिएका हुन् । 
    ‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने प्रतिवद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर, कागजकै खोस्टोमा सिमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने, ‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।’
    उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए । ‘यसमा नेतृत्व पंक्ति दोषी छ’ उनले भने ।
    गत स्थानीय निर्वाचनमा नगरपालिको मेयर र उपमेयर समेत एमालेकै उम्मेदवार निर्वाचित भएको तथा आफु दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएपनि नगरपालिकामा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् । 
    उनी सो नगरपालिकाको वडा नं. ९ पत्थरगाडामा दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै