दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ७ स्थित महेन्द्र चुन्नी माध्यमिक विद्यालयमा प्रधानाध्यापकका छोरी र नगरपालिका प्रमुखका माइजू सासुको राहत शिक्षकको दरवन्दीमा उत्तीर्ण गराएपछि स्थानीय आन्दोलित भएका छन् ।
स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ती गर्न लिखित परीक्षा पूर्व प्रश्नपत्र आउट भएको भन्दै विरोध भएपछि मौखिक परीक्षा स्थगित गरेको थियो । तर, एक्कसी १६ गते मौखिक परीक्ष लिएर विद्यालयका प्रधानाध्यापक हरिबंश मंडरले परीक्षामा आफ्नो छोरी सरस्वती कुमारी मण्डल र नगर प्रमुख आतेश कुमार सिंह यादवले आफ्नो माइजू सासु लिलम कुमारी यादवलाई उत्र्तीण गराईएपछि विवाद चर्किएको हो ।
सो वडाका अध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवारलगायतले बुधबार राजविराजस्थित शिवमन्दिर परिसरमा पत्रकार सम्मेलनगरी प्रअ, व्यवस्थापन समिति र नगर प्रमुखले जवरजस्ती उत्र्तीण गरेकोले तत्काल बदरको माग गर्दे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विद्यालयमा मावि समाजिक विषयको एक सीटमा नगर प्रमुख नजिकको विनोद कुमार यादव र व्यवस्थापन समिति अध्यक्ष नजिकको निरन्जन कुमार पण्डितलाई उत्तीर्ण गराउने खिचातानीले सो विषयको मौखिक परीक्षा नै स्थगित गरीएको व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीले जानकारी दिए ।
चैत २९ गते राहत दरबन्दीका लागि लिएको लिखित परीक्षाको परिणाम त्यहि दिन सार्वजनिक गरेको थियो । सोही दिन नतिजा सार्वजनिक लगतै बोदेबरसाइन नगरपालिका उपप्रमुख रञ्जुकुमारी साहको पहलमा परीक्षाको बस्तुगत प्रश्नपत्र बाहिरएको भन्दै केही परीक्षार्थीहरुले स्थगनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेखियो ।
शिक्षक छनौट समितिले माध्यमिक तहमा सामाजिक र विज्ञान विषयमा एक÷एक जना र मिावि तहमा सामाजिक र नेपाली विषयमा एक÷एक जना राहत शिक्षकका लागि परीक्षा लिएको थियो । मावि सामाजिकमा सात, विज्ञानमा दुई, निमावि सामाजिकमा १२ र नेपालीमा नौ जना गरी ३० जनाले आवेदन गरेका थिए ।
परीक्षामा अनियमितता भएको भन्दै परीक्षाथीहरु राजसेवि कुमारी राउत, बुधेश्वर राम, आरतीकुमारी यादवले परीक्षाको बस्तुगत प्रश्नपत्र आउट भएको भन्दै परीक्षाको बाँकी परीक्षा स्थगनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
राहत दरबन्दी २०६७÷०६८ आवकै रहेको तर, पटक–पटक विवादका कारण स्थगित हुँदै आएको थियो ।
विद्यालयमा प्रअका छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित
सारांश
- स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ती गर्न लिखित परीक्षा पूर्व प्रश्नपत्र आउट भएको भन्दै विरोध भएपछि मौखिक परीक्षा स्थगित गरेको थियो ।
- तर, एक्कसी १६ गते मौखिक परीक्ष लिएर विद्यालयका प्रधानाध्यापक हरिबंश मंडरले परीक्षामा आफ्नो छोरी सरस्वती कुमारी मण्डल र नगर प्रमुख आतेश कुमार सिंह यादवले आफ्नो माइजू सासु लिलम कुमारी यादवलाई उत्र्तीण गराईएपछि विवाद चर्किएको हो ।
- सो वडाका अध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवारलगायतले बुधबार राजविराजस्थित शिवमन्दिर परिसरमा पत्रकार सम्मेलनगरी प्रअ, व्यवस्थापन समिति र नगर प्रमुखले जवरजस्ती उत्र्तीण गरेकोले तत्काल बदरको माग गर्दे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया