अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार

राजविराज राजविराज
|
सोमबार, बैशाख २३, २०७६
|
|
७१ पटक हेरिएको
Shares
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार

सारांश

  •     विगत ६ महिनादेखी सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो ।
  •       सोही इटा उद्योगमा कार्यरत उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए ।
  • ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    आफन्तले नै इटा उद्योगमा अलपत्र छाडेर गएका एक भारतीय बालकको प्रहरीले उद्दार गरेको छ । 
    विगत ६ महिनादेखी सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो । 
    सोही इटा उद्योगमा कार्यरत उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए । ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो । 
    यसबारे प्रहरीले थाहा पाएपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको अगुवाईमा पुगेको टोलीले बालकको उद्दार गरि संरक्षणका लागि सोमबारै सनुसरीको इटहरीस्थित हेल्पलाइन बाल संरक्षण गृहको जिम्मा लगाएको छ । 
    बालकको उचित संरक्षणका साथै पारिवारिक मिलनका लागि समेत प्रयास थालिएको प्रहरी उपरिक्षक विष्टले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु