दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् ।
प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।
यसैगरि महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए । कोषाध्यक्ष गुप्ता सोही पदमा दोश्रो पटक निर्वाचित भएका हुन् ।
त्यस्तै महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
मधेशी सदस्यतर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि प्रदेश परिषद सदस्यमा देव प्यानलकै गणेशलाल देव, लोकेन्द्र यादव, शैलेन्द्र झा, अरुण तिवारी, नरेश चौधरी र पवन कुमार मिश्र तथा केन्द्रिय परिषद् सदस्यमा मनोज कुमार माझी र सतिश कुमार दत्त निर्वाचित भएका छन् । महिलातर्फ केन्द्रिय परिषद् सदस्यमा ढमला भटराई निर्विरोध भइन् । शाखामा ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए ।
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस युनियनका श्रवण देव निर्वाचित
सारांश
- प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
- उनका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
- त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया