दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
दुई सातादेखी हराइरहेकी एक बालिकालाई फेला पारि प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने रामदेव यादवकी १४ वर्षिया छोरी रम्भा कुमारी यादव बैशाख १३ गतेदेखी आफ्नै घरबाट हराएकी थिइन् ।
उनी कोही कसैलाई जानकारी नदिई हिडेको र निज घर फर्की नआई हराई बेपता भएकोले खोजतलास गरी पाउँ भनि उनका वुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलियासहित निबेदन दिएका थिए ।
सोही निवेदन र हुलियाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा निज बालिका राजबिराज वडा नं. ८ पुलचौकस्थितबाट बैशाख २४ गते फेला परेको प्रहरीले जनाएको छ ।
सो दिनदेखी बालिका जिल्ला प्रहरी कार्यालय सप्तरीको संरक्षणमा रहेकोमा बिहीबार उनलाई बाबु र आमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
सारांश
- सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने रामदेव यादवकी १४ वर्षिया छोरी रम्भा कुमारी यादव बैशाख १३ गतेदेखी आफ्नै घरबाट हराएकी थिइन् ।
- उनी कोही कसैलाई जानकारी नदिई हिडेको र निज घर फर्की नआई हराई बेपता भएकोले खोजतलास गरी पाउँ भनि उनका वुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलियासहित निबेदन दिएका थिए ।
- सोही निवेदन र हुलियाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा निज बालिका राजबिराज वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया