पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह

राजविराज राजविराज
|
बुधबार, पौष १७, २०८१
|
|
१९ पटक हेरिएको
Shares
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह

सारांश

  •     सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश पत्रकारहरुको पेशागत सुरक्षाका लागी एक लाख रुपैयाको स्वास्थ्य विमा तथा ७ लाख रुपैयाको दुर्घटना विमासहित उच्च शिक्षाका लागी छात्रबृतिको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
  •       उनले पत्रकारहरुको गुणस्तरमा बृद्धि तथा संस्थागत विकासका लागी समेत प्रदेश सरकारले साधन श्रोतले भ्याए सम्म थप सहयोग गरेर देखाउने प्रतिबद्धता समेत जनाए ।
  •       उनले प्रदेश सरकार प्रदेशवासीको भावना अनुसार काम गरीरहेको दाबीका साथ भए÷गरेका सकारात्मक कुरालाई संचारक्षेत्रले उचित स्थान दिनु पर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ पुस । 

    नेपाल पत्रकार महासंघ सप्तरीको नवनिर्वाचित पदाधीकारीहरुको प्रमाणपत्र वितरण एवं पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश पत्रकारहरुको पेशागत सुरक्षाका लागी एक लाख रुपैयाको स्वास्थ्य विमा तथा ७ लाख रुपैयाको दुर्घटना विमासहित उच्च शिक्षाका लागी छात्रबृतिको व्यवस्था गरिएको जानकारी दिएका छन् । 
    उनले पत्रकारहरुको गुणस्तरमा बृद्धि तथा संस्थागत विकासका लागी समेत प्रदेश सरकारले साधन श्रोतले भ्याए सम्म थप सहयोग गरेर देखाउने प्रतिबद्धता समेत जनाए । 
    उनले प्रदेश सरकार प्रदेशवासीको भावना अनुसार काम गरीरहेको दाबीका साथ भए÷गरेका सकारात्मक कुरालाई संचारक्षेत्रले उचित स्थान दिनु पर्नेमा जोड समेत दिए । “आफुले प्रदेशको नेतृत्व सम्हालेको छोटो समय मै प्रदेशको विकासका लागी थुप्रै योजनाहरु अगाडी बढाइरहे पनि सकारात्मक भन्दा नकारात्मक कुरा मिडीयामा बढी आउनु दुखःद छ, मुख्यमन्त्री सिंहले भने–सरकारका सकारात्मक कुरालाई पनि पत्रकारहरुले उचित स्थान दिनु जरुरी छ ।”
    बिरोधका लागी मात्र बिरोध नगरौ, सकारात्मक ढंगले पनि कलम चलाउनु पर्छ, उनले थपे । उनले अन्य क्षेत्र जस्तै पत्रकारीता क्षेत्र पनि सरकारको उच्च प्राथमिक्तामा परेको बताए ।
    सोही कार्यक्रममा प्रदेश सांसद एंव पत्रकार महासंघ सप्तरीका पूर्वसहसचिव माला कर्णले पत्रकारीता जगत आवाज विहीनहरुको आवाज भएको भन्दै सधै पीडीतको पक्षमा कलम चलाउन पत्रकारहरुको जिम्मेवारी रहेको बताईन । 
    गत २८ मंसिरमा भएको निर्वाचनबाट श्रवण देवको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती निर्वाचित भएको थियो । निर्वाचितहरुलाई प्रमुख अतिथी मुख्यमन्त्री सिंह तथा निर्वाचन समितीका संयोजक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले प्रमाणपत्र प्रदान गरेका थिए । 
    कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साह, पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय ललिता साह, राजु विश्वकर्मा, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, पूर्वसभापतिहरु विष्णु मण्डल, मुरलीप्रसाद यादव, धिरेन्द्र प्रसाद साह, व्याश शंकर उपाध्याय, प्रेस यृुनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, प्रेस मंचका अध्यक्ष भुषण सिह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, जसपा नेपालका अध्यक्ष केदार यादव, जनमत पार्टीका जिल्ला इन्र्चाज राम गमन साह लगातले पनि नवनिर्वाचित समितीलाई सफलताको शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?