दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेल मैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधवार त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र बैलखारी युवा क्लब महोत्तरीबीच हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका १० टिमको सहभागिता रहेको सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४५ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
सारांश
- शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
- प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो ।
- प्रतियोगिता अन्तर्गत बुधवार त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र बैलखारी युवा क्लब महोत्तरीबीच हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया