दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमि समस्या समाधान आयोग सप्तरीको अध्यक्ष पदमा नियुक्त भएका अखिलेश कुमार झाले बुधवार पदभार ग्रहण गरेका छन ।
माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पदभार पश्चात उनले भुमिहिन, दलित, सुकुमवासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानमा आफु इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन । भुमिहिन समस्या समाधानका लागी जिल्लाका सबै पालिकाको स्थलगत अध्यन गरिने उनले जानकारी समेत गराए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, आयोगका सदस्य सचिव एवं नापी कार्यालय सप्तरीका प्रमुख सुमन किशोर मिश्र, आयोगका निवर्तमान अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, एमालेका प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा, जिल्ला सचिव देवनाथ यादवका साथै विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
सारांश
- माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
- पदभार पश्चात उनले भुमिहिन, दलित, सुकुमवासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानमा आफु इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन ।
- भुमिहिन समस्या समाधानका लागी जिल्लाका सबै पालिकाको स्थलगत अध्यन गरिने उनले जानकारी समेत गराए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया