भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ

राजविराज राजविराज
|
बुधबार, माघ २३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
  •       उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ ।
  • अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजकबारे प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।

    भाईलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार रहेका दाईलाइ प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलवार साँझ सप्तरीको महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । 
    उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ । अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजकबारे प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो । 
    प्रहरीका अनुसार २०६१ साल माघ १ गते दाजु÷भाईबीच भएको झै झगडाका क्रममा दाई गणेशीले भाई उमेशलाई निर्घात कुटपिट गरेका थिए । घटनाको भोली पल्ट उपचार कै क्रममा उमेसको मृत्यु भएको थियो । घटना पछी गणेशी फरार भएका थिए । हत्याको लामो समय बितिसकेको र प्रहरीले पनि खासै चासो नराखेको अनुमान सहित केही समय यता गणेशी खुला रुपले जीवनयापन गरिरहेका थिए । तर सो बारे जानकारी पाउन साथ प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिई गाउँबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । 
    बुधवार नै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?