दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
प्रहरी चौकी फत्तेपुरको टोलीले मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध गाजा ओसारपसार गरिरहेका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको गस्ती टोलीले मंगलबार बदगामाबाट कंचनपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाच गर्दा अन्दाजी २ किलो गाँजा बरामद गरेको हो ।
म.प्र.०१–००४प३७३८ नम्बरको मोटरसाइकललाई चेकजाच गर्दा जिल्लाको महादेवा गाउँपालिका २ निवासी २२ वर्षिय निराजन यादवको साथबाट दुई पोका गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै गाजा ओसारपसारमा संलग्न रहेको आशंकामा म.प्र.२–०१–००३प१८५ नम्बरको मोटरसाइकल र चालक महादेवा १ निवासी ४३ वर्षिय बिन्दु यादवसमेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नियन्त्रणमा लिएका दुबै जनालाई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
गाजासहित दुई पक्राउ
सारांश
- प्रहरीको गस्ती टोलीले मंगलबार बदगामाबाट कंचनपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाच गर्दा अन्दाजी २ किलो गाँजा बरामद गरेको हो ।
- म.
- प्र.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया