दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
राजविराज नगरक्षेत्रमा संचालनमा रहेका इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाले मात्र सम्बन्धित कार्यालयमा विधीवत दर्ता गराएको पाईएको छ ।
सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए ।
उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए । यस्तै ७९ वटा अटोरिक्साले रुट परमिट लिए पनि त्यसको दोब्बर संख्यमा अटोरिक्सा संचालनमा रहेको उनले जानकारी गराए ।
यसरी जथाभावी ढंगले इ–रिक्सा र अटोरिक्सा संचालन हुदा ट्राफिक व्यवस्थापन अस्तब्यस्त बन्नुका साथै दुर्घट्नाको जोखिम समेत बढाएको उनको कथन छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख प्रशाकिय अधिकृत डा.श्रवण साह, ट्राफिक प्रहरी प्रमुख, इ–रिक्सा र अटो रिक्साका सवारी धनी, मजदुर प्रतिनिधी सम्मिलत बैठकले नगरपालिका भित्र संचालनमा रहेका सबै इ–रिक्सा र अटो रिक्साले फागुन २० गते भित्र अनिवार्यरुपमा सम्बन्धित कार्यालयमा आ–आप्mनो सवारी दर्ता, रुट परमिट, नविकरण र विमा लगायतका प्रक्रिया पुरा नगरे त्यस्ता सवारी साधनलाई संचालनमा पुर्ण रोक लगाउने निर्णय गरेको छ ।
सोही बैठकमा कार्यवाहक नगरप्रमुख परवीनले ट्राफिक व्यवस्थापनका लागी आवश्यक समाग्रीहरु जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रतिनीधीलाई सहयोग स्वरुप प्रदान गरेकी थिइन ।
इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता
सारांश
- सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विहीवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवाला कार्यालयका प्रमुखहरुको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
- यातायात व्यवस्था कार्यालय सप्तरीका प्रमुख कामेश्वर रोहिताले बैठकमा राजविराज नगरक्षेत्रमा चल्ने इ–रिक्साहरु मध्ये कसैले पनि रुट परमिट नलिएको र सय भन्दा बढी इ–रिक्सा संचालनमा रहेको जानकारी दिए ।
- उक्त इ–रिक्साहरु मध्ये १८ तथा अटोरिकसा १३ वटाले मात्र दर्ता गराएको उनले जानकारी गराए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया