दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
बैकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबाट कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ नर्घो निवासी २८ वर्षिय दिलिप कुमार मण्डल छन् ।
सुजन घोषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिलिप कुमार मण्डल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी मण्डललाई पक्राउ गर्न झापा जिल्ला अदालतबाट २०८१ साल माघ २९ गते आदेश दिएको थियो ।
पक्राउ गर्न अनुमती प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादीलाई खोजतलास गर्दै जाँदा उनलाई नर्घोबाटै फागुन २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुर झापा अपराध अनुसन्धान तथा कारवाही शाखामा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ नर्घो निवासी २८ वर्षिय दिलिप कुमार मण्डल छन् ।
- सुजन घोषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिलिप कुमार मण्डल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी मण्डललाई पक्राउ गर्न झापा जिल्ला अदालतबाट २०८१ साल माघ २९ गते आदेश दिएको थियो ।
- पक्राउ गर्न अनुमती प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादीलाई खोजतलास गर्दै जाँदा उनलाई नर्घोबाटै फागुन २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया