दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका भौतिक संरचनाको विकासमा प्रदेश सरकारले निरन्तर ध्यान दिने बताएका छन् ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिका २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए हुन् ।
शिलान्यास कार्यक्रमका क्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको जानकारी दिए ।
सोही क्रममा मन्त्री लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताउँदै मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको बताए । उनका अनुसार यो समस्याप्रति मधेसका सबै स्थानीय तहहरुले सक्रिय भई प्रतिबन्ध गराउनेतर्फ लाग्नु पर्ने सुझाव समेत दिए
मधेस प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयले चालू आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट उक्त भवन बन्न लागेको तालिम केन्द्र शिक्षालयका एसएसपी नेत्रबहादुर कार्कीले बताए ।
शिलान्यास कार्यक्रममा सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव,सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, कञ्चनरुप नगरपालिकाका उपमेयर मुना कुमारी पोखरेल, वडा २ का अध्यक्ष मेहेन्दी हुसेन, वडा १२ का अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा २ का वडाअध्यक्ष जाहिर हुसेन लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो ।
मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनु जरुरी छ ः मन्त्री लेखी
सारांश
- बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिका २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए हुन् ।
- शिलान्यास कार्यक्रमका क्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको जानकारी दिए ।
- सोही क्रममा मन्त्री लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताउँदै मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया