तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै

राजविराज राजविराज
|
आइतबार, जेठ ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै

सारांश

  •     आईतवार तिलाठीकोईलाडी गाँउपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रको अगुवाईमा गरिएको अनुगमनमा आव ०७५÷०७६ बैशाख सम्ममा २८ वटा विवाह सम्पन्न भएको त्यस मध्ये कसैको वालविवाह नभएको पाईएकोले वडा घोषणा गर्न लागेको जनाइएको छ ।
  •       वालसंरक्षण नीति अनुरूप त्यस वडाको केटा र केटीको १८ बर्ष मुनीका कुनै पनि विवाह नभएको अनुगमनवाट देखिएपछि अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गर्न लागेको गाउपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
  •     यस वडाको तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा तीन दिनदेखि गरिएको अनुगमन २८ वटा बिवाह भएको तर, त्यसमा कुनै केटाकेटीको वालविवाह नभएकोले स्पष्ट देखिएपछि वडा वालबिवाह मुक्त वडा घोषणा गर्न लागेको वडा सचिव मिथलेश झाले बताए ।

चन्दनकुमार यादब
राजविराज, ५ जेठ । 
    सप्तरीको तिलाठीकोईलाडी गाँउपालिका वडा नम्वर १ तिलाठी जेठ १० गते वालविवाह मुक्त वडा घोषणा हुने भएको छ ।
    आईतवार तिलाठीकोईलाडी गाँउपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रको अगुवाईमा गरिएको अनुगमनमा आव ०७५÷०७६ बैशाख सम्ममा २८ वटा विवाह सम्पन्न भएको त्यस मध्ये कसैको वालविवाह नभएको पाईएकोले वडा घोषणा गर्न लागेको जनाइएको छ । 
    वालसंरक्षण नीति अनुरूप त्यस वडाको केटा र केटीको १८ बर्ष मुनीका कुनै पनि विवाह नभएको अनुगमनवाट देखिएपछि अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गर्न लागेको गाउपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
    यस वडाको तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा तीन दिनदेखि गरिएको अनुगमन २८ वटा बिवाह भएको तर, त्यसमा कुनै केटाकेटीको वालविवाह नभएकोले स्पष्ट देखिएपछि वडा वालबिवाह मुक्त वडा घोषणा गर्न लागेको वडा सचिव मिथलेश झाले बताए ।
    वालविवाह मुक्त घोषणाका लागी त्यस बस्तीमा बालविवाह नगर्न भिडियो प्रदर्शन, जनचेतना मुलक ¥याली, अन्तरक्रिया तथा विभिन्न चेतनामेलक कार्यक्रम गर्दै आएको सेभ द सप्तरीका फिल्ड सुपरभाईजर दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
    तिलाठी कोईलाडी गाउपालिकाको सहकार्य तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत आयोजित अनुगमन टोलीमा तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादब, वडा अध्यक्ष दिनेश्वर मिश्र, वडा सचिव मिथलेश झा, गाउपालिका स्वास्थ प्रमुख दिपेन्द्र झा, स्वास्थ संयोजक शैलेश झा, बिपद ब्यबस्थापन प्रमुख राजेश झा, सेभद द सप्तरीका फिल्ड अफिसर घुरण यादब, शिक्षक रामाकान्त झा, पत्रकार चन्दनकुमार यादब, लगायत महिला स्वयमसेविका, किशोरकिशोरी, केटाकेटीहरू स्थानिय तथा भरभलादमीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान