दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
जिउँदै जलाएर पत्रकार सुरेश रजकलाई मारिएको भन्दै सप्तरीका पत्रकारहरुले आइतबार कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
उनले अराजक तत्वहरुले आन्दोलनको नाममा जिउँदै जलाएर पत्रकार रजकलाई मारेको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाइएको तथा सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने र मंगलबार बुद्धिजीवी तथा पेशाकर्मी संघ संस्था संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।
काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई शुक्रबार जिउँदै जलाएर मारेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाए ।
एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत रजकलार्य समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले शुक्रबार घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
- उनले अराजक तत्वहरुले आन्दोलनको नाममा जिउँदै जलाएर पत्रकार रजकलाई मारेको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाइएको तथा सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने र मंगलबार बुद्धिजीवी तथा पेशाकर्मी संघ संस्था संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।
- काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई शुक्रबार जिउँदै जलाएर मारेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया