दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
विभिन्न माँग राख्दै जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजलेको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको छ ।
सो तालाबन्दी अरु कसैले नगरेर समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा कोषाध्यक्ष राजेश चौधरी तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा गरिएको हो ।
उपराष्ट्रपति चिल्ड्रेन छनौट खेलका लागि बजेट आइसको अवस्थामा र खेलको समय अवधी समेत समाप्त हुनै लाग्दा कार्यालय प्रमुखले त्यसतर्फ ध्यान नदिएको समितिका कोषाध्यक्ष चौधरीले आरोप लगाएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ९ स्थित मदन भण्डारी खेलग्रामका लागि २५ लाख रकम आएपनि त्यसतर्फ कार्यालय प्रमुखले कुनै चासो नदेखाएको भन्दै उनले बजेट फ्रिज हुने अवस्था रहेकोे बताए ।
त्यस्तै जिल्लाकौ सप्तकोशी नगरपालिकास्थित भग्नि मलेठमा कवर्ड हल निर्माणका लागि १० लाख रकम आएपनि त्यसतर्फ समेत कार्यालय प्रमुखको चासो नरहेको उनको भनाई छ ।
त्यस्तै कोषाध्यक्ष चौधरीले बहुमत सदस्यहरुबाट लिखित रुपमा उपरोक्त विषयमा जानकारी दिँदा पनि कुनै पहल नभएकोले तालाबन्दी गर्नु पर्ने बाध्यता आएको उल्लेख गरे ।
विकास समितिको खेल सामाग्रिहरु कार्यालयमा उपलब्ध नहुनु, प्रशिक्षकहरुसँग खेलाडीको अभाव हुनु तथा प्रशिक्षकहरु कार्यालय समयमा नआउने तथा आ.ब. २०७१÷०७२ देखी हालसम्मको आयव्यय विवरण उपलब्ध गराउन माँग गर्दा समेत उपलब्ध गराउन नसक्नु लगायतका कारणले तालाबन्दी गरिएको उपाध्यक्ष धिरेन्द्र बर्माले जानकारी दिए ।
यसैबीच कार्यालय प्रमुख दिनेश भुजेलले समितिका सदस्यहरुले खाता संचालन गर्न अवरोध खडा गरिरहेकोले आर्थिक कामहरु हुन नसकेको जानकारी दिएका छन् । उनले समितिका सदस्यहरुले बहुमतको दम्भ देखाएर अध्यक्ष अमर बहादुर भुजेललाई नमान्ने अडान दिइरहेको बताए ।
खेलकुदको विधानमा खाता संचालनका लागि कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षर हुनु पर्ने प्रावधान रहेकोमा समितिका पदाधिकारीहरुले अध्यक्षप्रति विमित्त जनाएर कोषाध्यक्ष कै हस्ताक्षर हुनुपर्ने अडान लिइरहेको जानकारी दिए । उनले भने, “खेलकुद परिषद्ले बनाएको विधानलाई मानेरै मैले काम गर्न खोजिरहेको छु ।” उनले थपे, “यस सम्बन्धी माथिल्लो सम्पूर्ण निकायमा जानकारी दिइसकेको छु, तर पहल भइरहेको छैन् ।”
त्यस्तै कार्यालय प्रमुख भुजेलले सम्पूर्ण कार्यको स्टिमेट बनाएर समितिमा पेश गर्दा समेत समितिका अध्यक्षसहितका पदाधिकारीले पारित गर्नुपर्ने तर, बहुमतको र अल्मतका कारण पारित हुन नसकेकोप्रति दुःख व्यक्त गरे । उनले खेलकुद हुने समयमा सम्पूर्ण प्रशिक्षकहरु उपस्थित भई आफ्नो कार्य कुशलतापूवर्क गरिरहेको जानकारी समेत दिए ।
समितिकै पदाधिकारीद्वारा खेलकुद समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
सारांश
- सो तालाबन्दी अरु कसैले नगरेर समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा कोषाध्यक्ष राजेश चौधरी तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा गरिएको हो ।
- उपराष्ट्रपति चिल्ड्रेन छनौट खेलका लागि बजेट आइसको अवस्थामा र खेलको समय अवधी समेत समाप्त हुनै लाग्दा कार्यालय प्रमुखले त्यसतर्फ ध्यान नदिएको समितिका कोषाध्यक्ष चौधरीले आरोप लगाएका छन् ।
- त्यस्तै भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ९ स्थित मदन भण्डारी खेलग्रामका लागि २५ लाख रकम आएपनि त्यसतर्फ कार्यालय प्रमुखले कुनै चासो नदेखाएको भन्दै उनले बजेट फ्रिज हुने अवस्था रहेकोे बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया