दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
सप्तरीको कृष्णासवरण गाउँपालिकाकी एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक यूवकलाई फक्राउ गरेको छ । सो बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ ।
यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।
प्राप्त घटना विवरण अनुसार अघिल्लो दिन राती करिब ८ बजेतिर ती युवतीलाई ५÷६ जनाको समूहले जबरजस्ती तेरहौतास्थित एक विद्यालयको पछाडी लगि करणी गरेका थिए ।
पीडित यूवतीको स्वास्थ्य परिक्षण गराई पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको तथा अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं.
- ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ ।
- यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया