समस्यै समस्याले जेलिएको राजविराज कारागार

राजविराज राजविराज
|
शनिबार, बैशाख २७, २०८२
|
|
८० पटक हेरिएको
Shares
समस्यै समस्याले जेलिएको राजविराज कारागार

सारांश

  •     कारागारको भवन र पर्खालको अवस्था हेर्दा कुन बेला भवन ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने हुन भन्ने चिन्ताले सताईरहेका बेला पछिल्लो पटक गत बैशाख १४ गते राती हावाहुरी र वर्षा संगै चट्याङ्ग लागेका बखत सुरक्षाकर्मी ओत लागेको मौका छोपी एक कैदी फरार भएपछि चिन्ताले निन्द्रा हरेको उनको भनाई छ ।
  •       चोरी मु्द्दामा धरौटी बुझाउन नसकेर बन्दी जीवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ का ३५ वर्षिय रामानन्द मण्डल २० फिट अग्लो कारागारको पर्खाल नाघेर फरार भएका थिए ।
  • उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

    राजविराज÷मुलुकै पुरानो मध्येका राजविराज कारागार अहिले समस्यै समस्याले जेलिएको छ । कारागारमा १ सय २५ जनाको क्षमता रहेपनि अहिले ५ महिला सहित ३ सय ९८ जना कैदीबन्दी राखिएका छन । 
    अर्कोतिर कुल २ विगाहा १३ धुर क्षेत्रफल रहेको कारागारको १ विगहा जती जग्गा अतिक्रमणको चपेटामा परेपछि समस्या झनै थपिएको हो । एकातिर जीर्ण भवन अर्काेतीर क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा जोखिम संगै निगरानी गर्न पनि समस्या भएको जेलर मातृका प्रसाद दाहाल बताउँछन । कारागारमा दरबन्दी अनुसारको कर्मचारी र सुरक्षाकर्मीको पनि अभाव देखिएको उनको भनाई छ । 
    कारागारमा १ अधिकृत, १ सुब्बा, ३ खरिदार, १ जना सहलेखापाल र ६ जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा १ जना अधिकृत, १ जना सहलेखापाल र ४ जना कार्यालय सहयोगी मात्र उपलब्ध छन । यस्तै १ जना अहेबको दरबन्दी रहेपनि त्यसमा पदपुर्ती हुन सकेको छैन । दरबन्दी अनुसारको सुरक्षाकर्मीको पनि अभाव देखिएको जेलर दाहालको भनाई छ । 
    कारागारको भवन र पर्खालको अवस्था हेर्दा कुन बेला भवन ढल्ने हो वा कुन बेला भित्ता फोडेर कैदी भाग्ने हुन भन्ने चिन्ताले सताईरहेका बेला पछिल्लो पटक गत बैशाख १४ गते राती हावाहुरी र वर्षा संगै चट्याङ्ग लागेका बखत सुरक्षाकर्मी ओत लागेको मौका छोपी एक कैदी फरार भएपछि चिन्ताले निन्द्रा हरेको उनको भनाई छ । 
    चोरी मु्द्दामा धरौटी बुझाउन नसकेर बन्दी जीवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ का ३५ वर्षिय रामानन्द मण्डल २० फिट अग्लो कारागारको पर्खाल नाघेर फरार भएका थिए । उनी अझै पक्राउ पर्न सकेका छैनन् । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले फरार कैदी मण्डलको व्यापक खोजी भइरहेको र चाडै पक्राउ पर्ने बताएका छन । 
    समस्या यतिमात्र होइन, कारागारमा सीसीटिभी क्यामेरा, जेनेटर समेत छैन, एक कर्मचारीले भने– सीसीटिभी क्यामेरा जडान भएको भए निगरानी गर्न सहज हुन्थ्यो, तर त्यो पनि नहुँदा समस्या भएको छ ।”
    उनले जेनेटर समेत नहुँदा बत्ती गएको बेला टर्च र इमरजन्सी लाईटको भरमा निगरानी गर्नू पर्ने बाध्यता रहेको सुनाए । विगतमा कैदी ओसार पसारका लागी प्रयोग गरिने कारागारको एक मात्र गाडी अहिले विग्रेर महिनौदेखी लहानस्थित एक ग्यारेजमा थन्किएको तथा बजेटको अभावमा गाडी ल्याउन नसकिएको उनले बताए ।
    उनले कारागार सुरक्षाका लागी कारागारको पर्खालको चारैतीर काँटेतार, सीसीटिभी क्यामेरा जडान आवश्यक भएको भन्दै कारागारको सम्पुर्ण समस्या समाधानका लागी आपुृmले सम्बन्धित निकायमा आएको दिन देखी नै पहल गरिरहेको बताएका छन । 
    राणाकाल मै २००८ सालमा निर्माण भएको कारागार सरकारी उपेक्षाका कारण जीर्ण र अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयले बेलैमा यस तर्फ ध्यान दिन सरकारसंग मागँ गरेका छन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु