दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
आमा र भाइले आफूलाई बदनाम गर्न खोजेको सप्तरीको विष्णुपुर गाउँपालिका ६ निवासी शिव कुमार यादवले गुनासो गरेका छन् ।
अघिल्लो दिन आमा र भाईले पत्रकार सम्मेलन गरी आफुमाथी लगाएको आरोपको मंगलबार प्रतिवाद गर्दै उनले प्रेस विज्ञप्ति मार्फत यस्तो गुनासो गरेका हुन् ।
अघिल्लो दिन सोमवार उनका आमा शम्भु देवी यादव र कान्छो भाई सचिनले पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी शिवले आफुुहरुसंग कुनै सल्लाह र सहमती नै नलिई राजविराजस्थित आईडीयल सहकारी संस्था लिं.सँग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको र अहिले सो जग्गा लिलामी प्रक्रियामा जाँदा आफुहरुको विचल्ली भएको गुनासो गरेका थिए ।
शिवले भने मंगलवार प्रेस विज्ञप्ती मार्फत उक्त आरोपको प्रतिपाद गरेका छन । विज्ञप्तीमा गलत बाटोमा लागेका भाई सचिनले उक्सााएर आमालाई आफु विरुद्ध उभ्याएको उनको उल्लेख गरेका छन । वुवा कुसुमलाल जीवीत रहेकै बखत २१ कठ्ठा १७ धुर जग्गा म जेठो छोरा समेतलाई थाह नै नदिई मेरा दिदीको नाममा दानपत्र गरिदिएको र उल्टै मैले आर्जन गरेको सम्पती माथी समेत कब्जा गर्न भाई र आमाले संयुक्तरुपमा सप्तरी जिल्ला अदालतमा अंश मुद्दा चलाएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन ।
उनले आईडियल सहकारी संस्था लि.बाट लिएको १ करोड ऋण आफुले नभई आमा बुवा र भाई कै सल्लाहमा तीन दिदी÷बहिनीको विवाह गर्ने बेला जग्गा धितो राखी निकालिएको दाबी गर्दै अहिले आएर बोली फेरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन ।
ऋण लिएपछि आफुहरुलाई ललाई फकाई सही छाप गराइएको भनी अघिल्लो दिन पत्रकार सम्मेलनमा आमा र भाईले लागएको आरोपको पनि प्रतिपाद गर्दै उनले सबैको सहमतीमा ऋण लिइएको तथा केही वर्ष सम्म स्वयम आमा र बुआले नै ब्याज तिर्दै कर्जा नविकरण गराएको विज्ञप्तीमा उल्लेख गरेका छन ।
उनले आमा र भाइले आफुहरुको नाममा अब कुनै सम्पती छैन भनेर गरेको दाबी पनि असत्य रहेको भन्दै अहिले पनि आमाको नाममा काठमाण्डौको चापाँगाउँमा ७ आना, सप्तरीको विष्णुपुृर गाउँपालिका ६ मा ८ धुरको जग्गा सहित एक तल्ले पक्की घर र २ विगाहा भन्दा बढी कृषी योग्य जग्गा रहेको विज्ञप्ती मार्फत सार्वजनीक गरेका छन ।
उनले समस्याका वेला पुरै परिवारको सहमतिमा लिइएको ऋणको भार अहिले आएर आफुमात्र लाई बोकाउने अनि चरित्र हत्या समेतको प्रयास भएको विज्ञप्तीमा उल्लेख गरेका छन ।
यस्तै विज्ञप्ती मार्फत उनले आफ्नै भाई सचिनबाट आप्mनो नाबालक छोराको अपहरण गर्ने धम्की समेत आउन थालेको जनाउदै स्थानीय प्रशासनसँग शान्ति सुरक्षाको माग समेत गरेका छन ।
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
सारांश
- अघिल्लो दिन आमा र भाईले पत्रकार सम्मेलन गरी आफुमाथी लगाएको आरोपको मंगलबार प्रतिवाद गर्दै उनले प्रेस विज्ञप्ति मार्फत यस्तो गुनासो गरेका हुन् ।
- अघिल्लो दिन सोमवार उनका आमा शम्भु देवी यादव र कान्छो भाई सचिनले पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी शिवले आफुुहरुसंग कुनै सल्लाह र सहमती नै नलिई राजविराजस्थित आईडीयल सहकारी संस्था लिं.
- सँग मिलोमतो गरी एक करोड रुपैया ऋण निकालेको र अहिले सो जग्गा लिलामी प्रक्रियामा जाँदा आफुहरुको विचल्ली भएको गुनासो गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया