दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
मधेश प्रदेशको आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष जीतेन्द्र खडगाले आफ्नो कार्यकालमा मधेशका पत्रकारहरुको पेशागत हकहितको सुरक्षा, सम्मान, संरक्षण, क्रियाशिल मिडीया हाउसहरुको उत्थान तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी प्रदेशको ८ वटै जिल्लामा सुझाव संकलन कार्यक्रम संचालन गरेको बताएका छन् ।
बुधवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग “परिचयात्मक कार्यक्रम” को आयोजना गरी उनले सुझाव संकलन गरिरहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष खडगाले अन्य जिल्लामा उक्त कार्यक्रम सम्पन्न गर्दै अन्त्यमा आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गरिएको बताए । उनले पत्रकारिता क्षेलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षको सुझाव लिएर आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले सुचना प्रविधीको विकाससंगै सत्य, तथ्य र आधिकारीक समाचार मार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सहि ढंगबाट अघि बढाउने जिम्मेवारी विशेष गरी पत्रकारिता क्षेत्र कै रहेको भन्दै यस क्षेत्रमा लागेका सबै अझ जिम्मेवार भइ काम गर्नू पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारहरुको जिवन विमा, ज्येष्ठ पत्रकारहरुलाई पेन्सन, पत्रकारको सुरक्षा, सम्मान, अनलाईन मिडियाहरुको वर्गीकरण, मधेशका स्थानीय तहहरुद्वारा मिडिया ऐन ल्याउनका लागी पहल, स्थानीयस्तरका मिडियालाई प्रोत्साहन गर्न विभिन्न नीति निर्माण लगायतका कार्य अघि बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्राधिकरणका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो कार्यकालमा भोग्नु परेको समस्याबारे अनुभव सुनाउँदै प्राधिकरणका नव नियुक्त अध्यक्षलाई पत्रकारीता क्षेत्रको विकासका लागी गर्ने हरेक कार्यमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउदै शुभकामना दिएका थिए ।
पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी आमसञ्चार प्राधिकरणद्वारा सुझाव संकलन
सारांश
- बुधवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग “परिचयात्मक कार्यक्रम” को आयोजना गरी उनले सुझाव संकलन गरिरहेको बताएका छन् ।
- कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष खडगाले अन्य जिल्लामा उक्त कार्यक्रम सम्पन्न गर्दै अन्त्यमा आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गरिएको बताए ।
- उनले पत्रकारिता क्षेलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षको सुझाव लिएर आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया