दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
मोही दर्ता रहेको जग्गा किर्ते गरि अर्कैको नाममा नामसारी गरिएको भन्दै एक पीडितले सो सम्बन्धमा छानविनको माग गरेका छन् ।
मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् ।
उनले आफ्नो तीन पुस्तादेखी २००४ सालमै मोही दर्ता गरि भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको बताए ।
गाउँघरमा कतै कुनै सुनुवाई नभएपछी न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका उनले तत्कालिन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरि आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गरे ।
उनले यस कार्यमा तत्कालिन भारद गाविसका सचिव मुखियाले मुख्य भूमिका निर्वाह गरेको दाबी समेत गरे । उनले तत्कालिन गाविसको कर्मचारी नै नरहेका मटर साह हलुवाईलाई गाविसको कार्यालय सहयोगिको रुपमा प्रस्तुत गरि किर्ते कागजातहरु तयार गरेर भुमिसुधार कार्यालयमा पेश गरिएको बताए ।
मालपोत कार्यालयले पनि सोही कागजातको आधारमा एक पक्षिय रुपमा आफ्नो नाउँको मोही दर्ता खारेज गरि अन्याय गरेको उनको भनाई छ ।
अचम्म त के छ भने तत्कालिन सचिव मुखियाले आफ्नो कर्मचारी रहेको भनी मालपोत कार्यालयमा साक्षिका रुपमा प्रस्तुत गरेका व्यक्ति मटरसाह हलुवाई आफु कहिले पनि सो कार्यालयमा कुनै पदमा कार्यरत नरहेको बताए ।
पत्रकार सम्मेलनमा खड्गा सँगै उपस्थित रहेका उनले उक्त प्रकरणको सत्यतथ्य छानबिन गरि दोषिमाथी कारवाही हुनु पर्ने माग समेत गरेका छन् ।
नक्कली मान्छे र कागजात खडा गरि अर्कैको नाममा जग्गा नामसारी गराइएको भन्दै छानबिनको माग
सारांश
- मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बालकृष्ण खड्गाले यस्तो माग गरेका हुन् ।
- उनले आफ्नो तीन पुस्तादेखी २००४ सालमै मोही दर्ता गरि भोगचलन गर्दै आएको आफ्नो १२ कठ १८ धुर जग्गा नक्कली मान्छे र किर्ते कागजातको भरमा झा परिवारको नाममा नामसारी गरिएको बताए ।
- गाउँघरमा कतै कुनै सुनुवाई नभएपछी न्यायका लागि सदरमुकाम राजविराज आइपुगेका उनले तत्कालिन भारदह गाविसका प्राविधिक एवंम सचिव महेन्द्र मुखिया र स्थानीय लालमोहन झा, अरबिन्द झा, बिनिता झा लगायतको मिलोमतोमा किर्ते मान्छे र कागजात खडा गरि आफ्नो जग्गा अर्कैको नाममा नामसारी गरिएको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया