दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
राजविराज वडा नं. ६ स्थित कारागार टोलका वासिन्दाहरुमा अहिले खुशियालीको माहोल बनेको छ । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी उनीहरु खुशी भएका छन् ।
मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ ।
उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ । सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
शिलान्यास समारोहमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै साँसद यादवले प्राप्त बजेटबाट पहिलो चरणमा उक्त वस्तीको अरबिन्द राउतको घरदेखी प्रभा मण्डल र महेन्द्र राउतको घर देखी अरविन्द राउतको घर सम्म नाला र सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए । उक्त वस्तीमा अधिकाँश दलित समुदायको वसोवास रहेको छ ।
मंगलबारै संसदीय दलका नेता यादव र अर्का प्रदेश सांसद शम्भु साहले जिल्लाको राजगढ गाउँपालिका ५ धोनकी टोलस्थित कसहा नदी नियन्त्रण कार्यालयको संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
सारांश
- मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ ।
- उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ ।
- सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया