तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 

राजविराज राजविराज
|
मंगलबार, जेठ २०, २०८२
|
|
६९ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र 

सारांश

  •     पालिकाबाट विभिन्न समयमा प्रकाशित गरिएको टेण्डर र आशयपत्र सम्बन्धी विज्ञापनमा प्रकाशक र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह–लेखापाल सत्रोहन दास, टाईम्स रिपब्लिक मिडिया प्रालि तिलाठी कोईलाडीका संस्थापक सदस्य भूषणकुमार सिंह, डच मिडिया प्रालि काठमाडौंका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रवन्ध निर्देशक कृष्णबहादुर कार्की गरि पाँच जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
  •        आर्थिक बर्ष २०७९÷०८० मा पालिकामा विभिन्न निर्माण कार्यको लागि ठेक्का नम्बर ३ र ६ बाट चारवटा ठेक्काको बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरि कर्मचारी र प्रकाशकको मिलोमतोमा गैरकानुनी लाभ तथा गाउँपालिकालाई हानी पु¥याउने गरि लुकाई छिपाई प्रकाशित गरेर भ्रष्टाचार गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
  •        यसरी लुकाई छिपाई प्रकाशित गरिएको सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा कतै नभेटिएको तथा एक प्रति पत्रिका मात्र प्रकाशित गरि झुटा विल भरपाई मार्फत तीनलाख १६ हजार चारसय १० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिृकत, सह–लेखापालसहित पाँच जना बिरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ । 
    पालिकाबाट विभिन्न समयमा प्रकाशित गरिएको टेण्डर र आशयपत्र सम्बन्धी विज्ञापनमा प्रकाशक र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह–लेखापाल सत्रोहन दास, टाईम्स रिपब्लिक मिडिया प्रालि तिलाठी कोईलाडीका संस्थापक सदस्य भूषणकुमार सिंह, डच मिडिया प्रालि काठमाडौंका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रवन्ध निर्देशक कृष्णबहादुर कार्की गरि पाँच जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।  
    आर्थिक बर्ष २०७९÷०८० मा पालिकामा विभिन्न निर्माण कार्यको लागि ठेक्का नम्बर ३ र ६ बाट चारवटा ठेक्काको बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरि कर्मचारी र प्रकाशकको मिलोमतोमा गैरकानुनी लाभ तथा गाउँपालिकालाई हानी पु¥याउने गरि लुकाई छिपाई प्रकाशित गरेर भ्रष्टाचार गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।  
    यसरी लुकाई छिपाई प्रकाशित गरिएको सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा कतै नभेटिएको तथा एक प्रति पत्रिका मात्र प्रकाशित गरि झुटा विल भरपाई मार्फत तीनलाख १६ हजार चारसय १० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
    विवरण लुकाउने बदनिययतका साथ सार्वजनिक सार्वजनिक रुपमा सूचना प्रकाशित नै नगरेको मिडियाले भुक्तानी लिएको पुष्टि भएको हुँदा सो कार्यमा संलग्न प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र विगो बमोजिम सजाय र जरिवाना हुनुपर्ने मागदावी सहित विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियारले जारि गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
घुरबाट सल्केको आगोले एक महिला  घाइते, आधा दर्जन घर नष्ट
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा