सकियो मेयरकप ब्याडमिन्टन 

राजविराज राजविराज
|
आइतबार, आषाढ २२, २०८२
|
|
१०९ पटक हेरिएको
Shares
सकियो मेयरकप ब्याडमिन्टन 

सारांश

  •     सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
  • प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।
  •     राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ असार ।

    राजविराजमा संचालित मेयरकप ब्याटमिन्टम प्रयतियोगित आईतवार सम्पन्न भएको छ । 
    सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।
    राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।
    समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडिले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडिलाई सोझो सेटमा २१–११ र २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका छन् ।
    त्यस्तै, समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्ण बहादुर लिम्बु र महाकान्त चौधरीको जोडिले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकको अन्तरले जित हात पार्दै च्याम्पियन बने ।
    दुवै समूहमा तेस्रो स्थान दुई÷दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव– पदम बुढाथोकीको जोडिले तेस्रो स्थान हात पारे भने समूह ‘बी’ मा सरोज तामाङ–नवीन चौधरी र रुद्र खड्का–अजय चौधरी तेस्रो स्थानमा रहे । 
    प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. २० हजार द्वितीय हुनेलाई १० हजार तथा तृतीय हुने खेलाडीलाई नगद पाँच हजार सहित ट्रफी र र प्रमाणपत्र प्रदान गरिएको थियो । 
    प्रतियोगिता समाप्ति पछी आयोजित पुरस्कार वितरण समाहरोमा प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्र ईसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, न्यायाधीश दीपक दाहाल, सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादव, वडा अध्यक्ष अरुण यादव, र जयनारायण मण्डल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
दुई दिने श्याम महोत्सव सुरु
दुई दिने श्याम महोत्सव सुरु
अग्नी पीडितलाई सांसद साहको सहयोग
अग्नी पीडितलाई सांसद साहको सहयोग
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ