दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
बिहीबार साँझदेखी हराइरहेका सप्तरीका एक शिक्षक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनी बिहीबार साँझदेखी परिवारजनसँग सम्पर्कबिहीन भएका थिए ।
उनका आफन्तले इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कलयाणपुरमा निवेदन दिएपछी खोजतलासका क्रममा रायको मृत शरीर घरबाट करिब ५ सय मिटर टाढा रहेको कोशी नहरको छेउमा बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
शिक्षक राय मृत फेला
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बस्ने २७ वर्षिय रामकिशुन राय शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
- प्रहरीका अनुसार उनी बिहीबार साँझदेखी परिवारजनसँग सम्पर्कबिहीन भएका थिए ।
- उनका आफन्तले इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कलयाणपुरमा निवेदन दिएपछी खोजतलासका क्रममा रायको मृत शरीर घरबाट करिब ५ सय मिटर टाढा रहेको कोशी नहरको छेउमा बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया