दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिपरामा हात्ति धपाउने उद्देश्यले करेन्ट लगाइएको तारमा टाँसिएर एक दम्पत्तिको ज्यान गएको छ ।
प्रहरीका अनुसार शनिबार राति स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
ती दम्पतीले आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
खेतमा धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले हात्ती धान नखाओस् भनेर तार तानी करेन्ट जोडेका थिए । सोही करेन्ट जडित तारमा बद्रि सरदार र विमला देवी दुबै जनाको टासिएर घटनास्थलमै ज्यान गएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको थियो । साथै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा थप टोली र अपराध स्थल अनुसन्धान टोली समेत घटनास्थल पुगेको थियो ।
स्थानीयवासीहरूले घटनापछि आक्रोश र शोक व्यक्त गरेका छन् । गाउँमा करेन्ट तानेर खेतबाली जोगाउने चलन बढ्दो रहेकाले यसले मानवीय क्षति निम्त्याउने खतरा रहेको भन्दै चाँडै नियन्त्रण गर्नुपर्ने आवाज पनि उठेको छ ।
यसबीच, प्रहरी अनुसन्धान अघि बढाइरहेको र आवश्यक कानुनी कारबाही हुने जनाएको छ । घटनाबाट गाउँको वातावरण स्तब्ध बनेको छ भने मृतक दम्पतीका परिवार शोकमा डुबेका छन् ।
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
सारांश
- प्रहरीका अनुसार शनिबार राति स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
- ती दम्पतीले आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
- खेतमा धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले हात्ती धान नखाओस् भनेर तार तानी करेन्ट जोडेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया