जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो

सारांश

  •     प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो ।
  • झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
  •     कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौ । 

    सप्तरीको खडक नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादमा झगडापछी कुटपिट हुँदा जेठानीको कुटाइबाट देवरानीको पाँच महिने गर्भ तुहिएको छ ।
    प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो । झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
    कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    प्रहरीको सहयोगमा उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएकी उनको पेटबाट चिकित्सकले सोमबार बिहान ५ महिने मृत बच्चा निकालेका हुन् । 
    इटा, मुडकी र लातीले कुटपिट गरेपछी बेहोस भएको आफूलाई चार दिन घरमै राखी उनीहरुले सामान्य उपचार गराएको ललिताले सुनाईन् । तर निको नभएपछी स्थानीय र प्रहरीको सहयोगमा आइतबार राती आफूलाई गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको उनले बताइन् । 
    उनले आफूमाथी निर्घात कुटपिट गर्ने र गर्भमा रहेको शिशुको हत्या गर्नेहरुलाई अविलम्ब पक्राउ गरि कडा कारवाही हुनु पर्ने माग गरेकी छिन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले घटनाको पुष्टि गर्दै आरोपितहरु घरमा फेला नपरेको तथा खोजि कार्य भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
“सिरियल किलर” गुलजार डाका र  निर्मलाको हत्यामा पनि संलग्न ः प्रहरी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध