दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
मैथिल महिला परिषद सप्तरीले मंगलवार राजविराजमा जेनजी आन्दोलनका शाहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैनबती प्रज्वलन गरेका छन ।
मैथिली महिला परिषद सप्तरीको अगुवाइमा महिलाहरुले राजविराजस्थित दशन (नेता) चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन । उक्त अबसरमा सहभागीहरुले एक मिनट मौन धारण समेत गरेका थिए ।
सो अवसरमा परिषदकी अध्यक्षा मालती चौधरीले भनिन–“विश्वकै इतिहासमा नभएको आन्दोलन गरेर जेनजीहरुले साबित गरि दिए कि युवाले चाहेमा जहिले पनि जहाँ पनि परिवर्तन सम्भव हुन्छ ।” भ्रष्टाचारमा आकंठ डुबेको देशलाई युवाहरुको आन्दोलनले मात्र सही बाटोमा ल्याउन सक्ने भएको भन्दै अध्यक्षा चौधरीले अब ठूला राजनीतिक दलका पुराना र शिर्ष नेताहरु सच्चिनु पर्दछ भनी आन्दोलनको पक्षमा वकालत गरेकी छिन ।
परिषद विगतका प्रजातान्त्रिक लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
सारांश
- मैथिली महिला परिषद सप्तरीको अगुवाइमा महिलाहरुले राजविराजस्थित दशन (नेता) चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन ।
- उक्त अबसरमा सहभागीहरुले एक मिनट मौन धारण समेत गरेका थिए ।
- सो अवसरमा परिषदकी अध्यक्षा मालती चौधरीले भनिन–“विश्वकै इतिहासमा नभएको आन्दोलन गरेर जेनजीहरुले साबित गरि दिए कि युवाले चाहेमा जहिले पनि जहाँ पनि परिवर्तन सम्भव हुन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया