दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
राजविराज ७ स्थित एक पसलमा बोतलमा राखेर बेच्ने गरेको पेट्रोलका कारण आगलागि हुँदा पसलनै खरानी भएको छ ।
जेलगार्ड सडक खण्डमा स्थानीय ३९ वर्षिया मञ्जु राउतले संचालन गर्दै आएको किराना पसलमा आगलागि भएको हो।
एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरामा पसल संचालन गर्दै आएकी उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।
दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो ।
आगो निभाउने प्रयास गर्दा पसल संचालक मञ्जु पनि घाईते भईन । उनको खुट्टाको केही भाग जलेको छ । आगलागीबाट कटघरा, किराना समाग्री तथा विक्रीका लागी प्लास्टीक बोतलमा भरेर राखिएको एक दर्जन पेट्रोलका बोतल समेत जलेर नष्ट भइ एक लाख बराबरको क्षती भएको मञ्जुले सुनाईन ।
आगलागीबाट मञ्जुको पसलसंगै छिमेकी बलराम राउतको पसलमा समेत १० हजार बराबरको क्षती भएको पीडित पसले राउतले सुनाए । स्थानीयवासीको मद्दतले आधी घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको थियो ।
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
सारांश
- जेलगार्ड सडक खण्डमा स्थानीय ३९ वर्षिया मञ्जु राउतले संचालन गर्दै आएको किराना पसलमा आगलागि भएको हो।
- एक लाख रुपैया बैंकबाट ऋण लिई कटघरामा पसल संचालन गर्दै आएकी उनको किराना पसल बोतलमा राखेर बेचिने पेट्रोल कै कारण जलेर खरानी भएको हो ।
- दिपावलीको पुर्वसन्ध्यामा आईतवार साँझ पसलमा दियो बाल्ने क्रममा अचानक खनिएर बिक्रीका लागी बोतलमा राखिएको पेट्रोलमा सल्केको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया