दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
नेपालीहरुको दोश्रो ठूलो चाड तिहार सके लगत्तै लोकआस्थाको महान पर्व छठ धुमधामका साथ मनाउन हिन्दु धर्मावलम्बी उत्साहपूर्वक जुटेका छन् ।
यस क्रममा सप्तरीवासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् । भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् ।
छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ ।
सूर्यको आराधना गरि मनाइने चार दिवसीय छठ पर्व अन्तरगत यस पल्ट कात्तिक ८ गते शनिबार नहायखाय, कात्तिक ९ गते आइतबार खरना, कात्तिक १० गते सोमबार सझिया घाट (अस्ताउदो सूर्यलाई अर्घ) र कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तय रहेको चण्डि दुर्गा भगवती मन्दिरका मूल पूजारी पण्डित दुर्गानन्द मिश्रको भनाई छ ।
यता छठ पर्वमा पूजा र प्रसाद सामाग्रिमा प्रयोग हुने सरसामान खरीद गर्नेको बजारमा भिड बढ्दै गएको छ । स्थानीय यतिबेला छठ पूजा घाट सजाउन र पूजा सामाग्रि किन्न व्यस्त देखिएका छन् ।
बजार अहिले छठ पूजाका सामाग्रिले भरिभराउ छन् भने ठाउँ ठाउँमा सडक किनारमै पूजा सामाग्रिका दर्जनौं अस्थायी पसलहरु समे खुलेका छन् ।
छठ पर्वको तयारी तिब्र
सारांश
- यस क्रममा सप्तरीवासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् ।
- भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् ।
- छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया