नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव

राजविराज राजविराज
|
शनिबार, जेठ २५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव

सारांश

  •     त्यस्तै मन्त्री यादवले नेपालमा मधेशी र पहाडी समुदायबिचको सम्बन्ध तोड्न मधेशी र पहाडी समुदायको कुनै वर्गले नै लडाई लगाउन खोजे पनि एक अर्काबिच सुमधुर सम्बन्धका कारण देशमा सुमधुर सम्बन्ध स्थापित रहेको बताए ।
  •     एक अर्को प्रसङ्गमा मंन्त्री यादबले समय सापेक्ष अनुसार जनताले चाहे अनुसार संविधान संशोधन हुनु पर्ने तर्क समेत दिए ।
  •       मोर्चाका अध्यक्ष मोहम्मद कमालउद्धिनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेले भष्ट्राचार भईरहेको छ भने जनताले त्यसको बिरोध गर्नुपर्ने बताए ।

    राजविराज÷राष्ट्रिय मुस्लिम ईतेहाद मोर्चा सप्तरीले शनिबार राजविराजमा ईदुल फित्र समारोह मनाएको छ ।
    सो समारोहमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री यादवले मुश्लिम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको चर्चा गर्दै कसैको भलो नगरौ र कसैलाई कुदृष्टिले नहेरौ भन्ने उनको बुझाइरहेको बताए ।
    नेकपा केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादबले नेपालमा मुश्लिम र हिन्दुहरूबीच एक आपसमा भाईचाराको नाता रहदै आएको बताउदै उनीहरूबीच थप सुमधुर सुमधुर बनाउनु पर्नेमा जोड समेत दिए । नेपालमा मुश्लिम र हिन्दुबिचको एकता बिश्वमै उदाहरणीय रहेको बताए । 
    त्यस्तै मन्त्री यादवले नेपालमा मधेशी र पहाडी समुदायबिचको सम्बन्ध तोड्न मधेशी र पहाडी समुदायको कुनै वर्गले नै लडाई लगाउन खोजे पनि एक अर्काबिच सुमधुर सम्बन्धका कारण देशमा सुमधुर सम्बन्ध स्थापित रहेको बताए ।
    एक अर्को प्रसङ्गमा मंन्त्री यादबले समय सापेक्ष अनुसार जनताले चाहे अनुसार संविधान संशोधन हुनु पर्ने तर्क समेत दिए । 
    मोर्चाका अध्यक्ष मोहम्मद कमालउद्धिनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेले भष्ट्राचार भईरहेको छ भने जनताले त्यसको बिरोध गर्नुपर्ने बताए । 
    सो अवसरमा राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष रामप्रित पासवान, नेकपा सप्तरी जिल्ला अध्यक्ष अमर मण्डल, पुर्व नगर प्रमुख अनिष अंसारी, मोहम्मद मजिद साकिर, स्थानिय नेता कमालउद्विन, बरिष्ठ पत्रकार अनिल कुमार अनललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालक ईन्जिनियर मोहम्मद गणीले गरेका थिए ।    
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?