धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव

राजविराज राजविराज
|
शुक्रबार, पौष ११, २०८२
|
|
२० पटक हेरिएको
Shares
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव

सारांश

  •     यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन ।
  • विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन ।
  •       विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 

    हिन्दु धर्मावलम्बीको आस्थालाई चोट पु¥याउने गरी दिइएको अभिब्यक्तिका कारण दुई दिनदेखी राजविराज नगर क्षेत्रमा तनाव बढेको छ । हिन्दु धर्मावलम्बीका युवाहरुद्वारा चर्काे विरोध प्रर्दशन भएको छ भने आपसी सद्भाव भड्किने सम्भावना समेत बढ्दै गएको छ । 
    यसै क्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन । विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेर सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन । 
    विद्यालय तथा कार्यालय बन्द भएका छन् भने यातायात ठप्प भएको छ । यता आन्दोलनकारीहरुको प्रर्दशन र सुरक्षालाई ध्यानमा राख्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश तथा सप्तरी जिल्ला अदालतले सुचना टाँस गरेर एक दिनका लागी सेवा रोकिएको जानकारी गराएको छ । 
    हिन्दु देवी देवता उपर समाजिक सञ्जाल मार्फत गलत टिप्पणी गर्ने ब्यक्ती उपर कडा कारवाहीको माग गर्दै हिन्दुवादी संगठनका युवाहरुले बजार समेत बन्द गराएका छन । 
    राजविराज १ निवासी अफरोज आलमले समाजिक सञ्जाल मार्फत हिन्दु धर्म तथा देवी देउतामाथी अभद्र टिका टिप्पण्ी गरेको भन्दै हिन्दु युवाहरु आन्दोलित भएका हुन । 
    हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कारवाही नगरे सम्म आन्दोलन नरोकिने बताए । 
    आलमले भने तीन वर्ष अघि भुलवस सामाजिक सञ्चाल मार्फत त्यस्तो टिका टिप्पणी पोस्ट हुन गएको भन्दै क्षमा याचना गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत नै आइन्दा यस्तो गल्ती नदोह¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । 
    उनले तीन वर्ष अघि भुलवस गरिएको पोष्टलाई लिएर पटक÷पटक क्षमायाचना मागी सकेको भएपनि अहिले भाइरल गरेर विवाद चर्काउने खोजिएको गुनासो गरेका छन । 
    यता हिन्दुवादी संगठनहरुले भने आलमलाई पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन नरोकिने अडान यथावत राखेका छन । आन्दोलन चर्किदै जाँदा आपसी सद्भाव विथोलिने सम्भावना देखेर दुबै धर्मावलम्बीका अगुवा र आन्दोलनरत पक्षसंग छलफल गरी समस्या समाधानको प्रयास भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ