डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने

राजविराज राजविराज
|
मंगलबार, माघ ६, २०८२
|
|
१३४ पटक हेरिएको
Shares
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने

सारांश

  •     सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
  •       स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य  शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।
  •       नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराउने जानकारी दिएको छ । 
    सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । 
    स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य  शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ । 
    नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए । अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 
    सरुवा तथा औषधीको विषयलाई लिएर भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने जनाइएको छ । 
    निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’
    इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र अबको एक साताभित्रै पालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सहसंयोजक पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन
बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
जगन्नाथ रथयात्रा निकालिदै
जगन्नाथ रथयात्रा निकालिदै
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे