पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टस जितेर धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो ।
  • ब्याटिङको अवसर पाएको महोत्तरीले ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६७ रनको बनाएको थियो ।
  •     महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७÷२७ रनको योगदान दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    राजविराजमा संचालित प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा महोत्तरीले धनुषालाई ६० रनले पराजित गरेको छ । 
    सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टस जितेर धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङको अवसर पाएको महोत्तरीले ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६७ रनको बनाएको थियो ।
    महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७÷२७ रनको योगदान दिए । त्यसैगरी श्याम मण्डलले २२ रन बनाउँदा अभिषेक तिवारीले १४ रन जोडेका थिए । 
    बलिङतर्फ धनुषाका हरिशंकर र विशाल सुश्लिङले ३÷३ विकेट हात पारे भने अभिजित मण्डलले २ तथा अखिलेश ठाकुरले १ विकेट लिएका थिए । 
    १ सय ६८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको धनुषा महोत्तरीका बलरहरूको कसिलो बलिङका कारण  २७ ओभर १ बलमै सबै विकेट गुमाएर मात्र १ सय ७ रनमा सीमित हुन पुगेको थियो । धनुषाका लागि मयन यादवले सर्वाधिक ३९ रन बनाए । श्याम रायले १७ र रूपेश यादवले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।
    महोत्तरीका रमेश सहनीले ९ ओभर बलिङ गर्दै २ मेडन राखी मात्र २५ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै आकाश मण्डलले ३ तथा अभिषेक तिवारीले १ विकेट लिन सफल भए । उत्कृष्ट प्रदर्शन गरेका महोत्तरीका रमेश सहनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । 
    उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र कुमार यादवले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित
नेपाल–स्वीस चेम्बर मधेश  प्रदेशको अध्यक्षमा सिंह मनोनित
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय