दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरी र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा आउँदो असार ३० बाट राजविराजमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् ।
नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ ।
त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै शंकर दासको संयोजकत्वमा अरुण शारदा र शंकर साह रहने गरि अतिथी सत्कार समितिको गठन गरिएको छ ।
असार ३२ गते सम्म संचालन हुने प्रतियोगिता हिमालय क्लबको कर्भड हलमा संचालन हुने भएको छ । करिव १ सय खेलाडिले सहभागिता जनाउने छ भने १ लाख ५० हजारको अनुमानित खर्च हुने जानकारी प्रतियोगिता संयोजक भोलानाथ कसेराले जानकारी दिए ।
जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने
सारांश
- चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् ।
- नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ ।
- त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया