कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ७ स्थित रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको हो ।
  •     राजविराजस्थित बरख गणका सहायक सेनानी मिलन यौन्जनको कमाण्डमा २२ जनाको सैनिक टोली कारागारको सुरक्षामा खटिएको प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन । 

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कारागार कार्यालय सप्तरीको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।
    राजविराज नगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको हो ।
    राजविराजस्थित बरख गणका सहायक सेनानी मिलन यौन्जनको कमाण्डमा २२ जनाको सैनिक टोली कारागारको सुरक्षामा खटिएको प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
    उनले निर्वाचन अवधि सम्मका लागि केन्द्रकै नीति अनुसार कारागार सुरक्षामा सेना खटिएको बताए । सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले कारागारमा नेपाली सेनालाई डियुटी हस्तान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।
    केही दिनअघि मात्र सो कारागारका कैदीबन्दीका साथबाट प्रतिबन्धित लागुऔषध गाजा र मोबाइल फेला परेको थियो । यसअघि गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दीहरु फरार समेत भएका थिए । कारागारका भवन अतिजिर्ण अवस्थामा पुगेको छ । जसकारण पनि कारागार सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल छ ।  
    यता कारागारमा अघिल्लो निर्वाचनको तुलनामा बन्दी अवस्थामा रहेका मतदाताको संख्या यसपटक झण्डै डेढ गुणाले बढी छ । बि.स.२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए भने यसपटक ६९ जना कैदीबन्दीको नाम मतदाता सुचीमा रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।
    उनले मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने तथा मतदाता नामाबलीमा समेटिएका कैदीबन्दीले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको बताए । 
    कारागारमा हाल क र ख गरी दुई ब्लकमा कुल ३ सय ७६ कैदी बन्दी छन् । जसमध्ये ७ जना भारतीय नागरिक छन् । 
    कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेको जिल्लामा २ सय ९६ मतदान स्थल र ५ सय ६२ मतदानकेन्द्र कायम गरिएको छ । जसमध्ये २ सय ९ मतदान स्थल अतिसंवेदनशिल र ८३ स्थल संवेदनशिल तथा ४ वटा मतदान स्थल मात्र सामान्य सूची रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण