दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
निर्वाचन प्रयोजनका लागि सरकारले भर्ना गरेको निर्वाचन प्रहरीहरुको बिहीबार बिदाई गरेको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित बिदाई कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्रसहित बिदाई गरेको हो ।
आयोजि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल, प्रहरी उपरिक्षक गौतम केसी, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, नेपाली सेना बरख गणका गणपति सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुलचन्द्र नेउपाने लगायतले निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
नर्वाचन प्रहरीको कार्यअवधि ४० दिन रहेको थियो जसअन्तरगत उनीहरुको सेवा सुविधा प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक ३४ हजार ७ सय ७६ प्रदान गरिएको छ ।
त्यस्तै निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट ८ सय ४६ का दरले तयारी खर्च उपलब्ध गराएको थियो । प्रतिदिन प्रतिनिर्वाचन प्रहरी ३ सयको दरले चार दिनका लागि एकमुष्ट १ हजार २ सय खाजा खर्च तथा पोसाक समेत पाएका थिए ।
सरकारले निर्वाचनका लागि मुलुक भर १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । सो भर्नाका लागि १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिएका थिए ।
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
सारांश
- बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित बिदाई कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई प्रमाण पत्रसहित बिदाई गरेको हो ।
- आयोजि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल, प्रहरी उपरिक्षक गौतम केसी, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, नेपाली सेना बरख गणका गणपति सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुलचन्द्र नेउपाने लगायतले निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
- फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जिल्लामा ४ हजार २ सय २२ निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया