शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १५, २०८३
|
|
४३ पटक हेरिएको
Shares
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी

सारांश

  •     मंगलवार आप्mनो गृहपालिका डाक्नेश्वरी नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
  •       उनले यसबारे सदनमा कुरा उठाउने र छिट्टै यस्तो व्यवस्था लागु हुने विश्वास समेत ब्यक्त गरेका छन ।
  • शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागी आफुले विशेष खाका तयार पारेको भन्दै उनले आफ्नो खाकालाई वर्तमान सरकारले एक महिना भित्रै कार्यान्वयनमा ल्याउने विश्वास समेत ब्यक्त गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 

    प्रतिनीधीसभा सदस्य अमरकान्त चौधरीले शिक्षकहरुको जिल्लान्तर सरुवा नभएसम्म गुणस्तरीय शिक्षा प्रदान तथा शिक्षा क्षेत्रमा सुधार सम्भव नहुने बताएका छन ।
    मंगलवार आप्mनो गृहपालिका डाक्नेश्वरी नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 
    उनले यसबारे सदनमा कुरा उठाउने र छिट्टै यस्तो व्यवस्था लागु हुने विश्वास समेत ब्यक्त गरेका छन । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागी आफुले विशेष खाका तयार पारेको भन्दै उनले आफ्नो खाकालाई वर्तमान सरकारले एक महिना भित्रै कार्यान्वयनमा ल्याउने विश्वास समेत ब्यक्त गरेका छन । 
    केही दिन यता आफ्नो क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थाहरुमा छड्के अनुगमण थालेका उनले कतिपय विद्यालय र स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरु विहान ९ बजे नआउने तथा ढिलो आएकाले पनि ५ बजे सम्म वस्ने नगरेको पाइएको त कतै आवश्यक पुर्वाधारको निकै कमि देखिएको भन्दै त्यस्ता लापरवाही गर्ने कर्मचारीको नामावली संकलन गरी कारवाहीका लागी सम्बन्धित निकायमा पठाइने भन्दै सचेत समेत गराए । 
    उनले नगरपालिकाका प्रमुख रामलखन मलाहलाई एनजिओ र आइएनजीओहरुमा टुक्रे बजेट तथा भत्ताका नाममा अनावश्यक खर्च नगरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखी बजेट विनीयोजन गर्न सुझाव समेत दिए । 
    कार्यक्रममा शुभकामना दिदै नगरप्रमख मलाहले गाउँ नै गाउँले भरिएको यस पालिकामा आवश्यक बजेटको अभावमा कृषि विद्युतीकरण कार्यलाई पुर्णता दिन नसकिएको तथा सबै वडामा बर्थिङ्ग सेन्टर निर्माण कार्य पनि गर्न नसकिएको भन्दै आवश्यक सहयोगका लागी संघिय सरकार समक्ष पहल गरिदिन प्रतिनीधीसभा सदस्य डा.चौधरी संग आग्रह गरेका थिए । 
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विजय मण्डल तथा पालिकाका विभिन्न शाखाका प्रमुखहरुले पनि शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने