पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै

राजविराज राजविराज
|
आइतबार, जेठ ३, २०८३
|
|
४० पटक हेरिएको
Shares
पाँच दशक पार गरेका जनचेतना माध्यमिक  विद्यालयले स्वर्ण महोत्सव मनाउँदै

सारांश

  •     जिल्लाको पुरानो मध्येका एक उक्त विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सव मूल समारोह समितिले यस्तो जानकारी गराएको हो ।
  • स्वर्ण महोत्सव जेठ ४ गते देखि जेठ ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
  •       महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष दिलपि कुमार चौधरीका अनुसार महोत्सवको पहिलो दिन विद्यालय परिसरमा उद्घाटन समारोह तथा विज्ञानकला प्रदर्शनी गरिनेछ ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।

    सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ स्थित जनचेतना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५ दशक पार गरेको अवसरमा सोमवार जेठ ४ गते देखि विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।
    जिल्लाको पुरानो मध्येका एक उक्त विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सव मूल समारोह समितिले यस्तो जानकारी गराएको हो । स्वर्ण महोत्सव जेठ ४ गते देखि जेठ ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । 
    महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष दिलपि कुमार चौधरीका अनुसार महोत्सवको पहिलो दिन विद्यालय परिसरमा उद्घाटन समारोह तथा विज्ञानकला प्रदर्शनी गरिनेछ ।
    दोश्रो दिन मंगलवार जेठ ५ गते पालिका भित्रका ८ विद्यालय बीच छात्र र छत्राहरुको भलिबल खेल प्रतियोगिता, र वकतृत्व कला प्रतियोगिताको आयोजना गरिनेछ । जेठ ६ गते बुधवार हाजिरी जवाफ प्रतियोगिता तथा भलिबल खेलको फाईनल प्रतिस्पर्धा हुनेछ । 
    यस्तै जेठ ७ गते बिहीवार गीत संगित र नृत्य प्रतियोगिता, जेठ ८ गते रक्तदान तथा अन्तिम दिन  जेठ ९ गते स्वर्ण महोत्सव स्मरिका प्रकाशन, ५ हजार भन्दा बढी सहयोग गर्ने दाताहरुको नाम लेखिएको शिलालेख अनावरण तथा समापन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
    स्वर्ण महोत्सव आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले करिब १४ देखि १५ लाख रुपैयाँ सम्म खर्च हुने महोत्सवका लागि अग्नीसाइर कृष्णासवरण गाउँपालिका कार्यालयका साथै स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थीहरुले चन्दा सहयोग गरेको बताए ।
    उनका अनुसार स्वर्ण महोत्सव स्तम्भ निर्माणका साथै अन्य आवश्यक सबै तयारी पुरा भएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन उनकै अध्यक्षतामा १५ सदस्यीय मूल समारोह समिति बनाइएको छ ।
    समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन कुमारी सिंह, प्रधानाध्यापक श्याम कुमार चौधरी, पूर्व प्रअ धर्म नारायण ठाकुर, रामदेव चौधरी, बासुदेव चौधरी, महेश प्रसाद विश्वकर्मा, अम्बिका कोईराला, दुर्गा प्रसाद चौधरी, रामेश्वर साह, चतुरनारायण चौधरी, रंजना कुमारी चौधरी र वडा अध्यक्ष सबजुल खलिफा लगायतका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
धान रोपेर दिवस मनाइयो
धान रोपेर दिवस मनाइयो
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
ठक्करले पतिको मृत्यु, पत्नी घाइते
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न